स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सेनेन्द्रराज उप्रेती नियुक्त

सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रिक्त रहेको बीमा बोर्डको अध्यक्षमा पूर्व सचिव डा उप्रेतीलाई सिफारिस गरेको मन्त्रालयको प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा.उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार बर्षको हुनेछ ।

२० साउन २०७७, मंगलवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु