कोरोना अपडेट : १३७३ संक्रमणमुक्त, १६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार २ सय ४२ जनाको परीक्षण गर्दा यो संख्यामा संक्रमण देखिएको हो। कूल परीक्षण गरिएकामध्ये संक्रमित हुनेको संख्या करिब २४ प्रतिशत हो।
आरटी पीसीआरबाट परीक्षण गर्दा २ हजार ३ सय ३५ जनामा संक्रमण देखिएको हो। त्यसैगरी एन्टीजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ३७३ जना रहेको छ ।यो सहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ जना रहेको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको छ ।
१४ साउन २०७८, बिहीवार १६:४६ बजे प्रकाशित