थप २,५१८ जना कोरोना निको, २,४७४ संक्रमण, २४ जनाको मृत्यु

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ भने २ हजार ५१८ जना निको भएका छन् ।

१० असार २०७८, बिहीवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु