२८ सय २८ कोभिड बिरामी थपिए, ३०८२ निको, ५२ जनाको मृत्यु
२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २८२८ जना कोभिड बिरामी थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३७ हजार ४ सय ३३ पुगेको छ ।
बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् ।
८६८७ वटा नमुना पीसीआर परीक्षण र ४३३५ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल पीसीआर परीक्षणमध्ये संक्रमित दर १९ प्रतिशत पुगेको छ ।
बुधबार ५२ जनाको कोभिडको कारण ज्यान गएको छ । कूल मृतक संख्या ८५५८ पुगेको छ ।
थप ३०८२ जना निको भएका छन् । निको हुने प्रतिशत ८८.४९ छ । हालसम्म नेपालमा कुल ५ लाख ४३ हजार ५ सय २१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
पछिल्ला केहिदिन यता नेपालमा परीक्षणको दर घटेसँगै संक्रमणको दर पनि घटेको छ । भने हाल नेपालमा सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ ।
२ असार २०७८, बुधवार १६:५५ बजे प्रकाशित




