५,१४७ संक्रमणमुक्त, २,९१८ संक्रमण पुष्टि, र ५३ जनाको मृत्यु

३१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ ।

त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ३१ हजार ८६० पुगेको छ । तीमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् भने ८४६५ जनाको मृत्यु भएको छ ।

त्यस्तै सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ । सक्रिय संक्रमितमध्ये ६१ हजार १२२ जना होम आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा भर्ना हुनेको संख्या ४ हजार ६८२ रहेको छ । जसमध्ये ९९५ जना आईसीयूमा र ३२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ भने ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् ।

३१ जेठ २०७८, सोमवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु