नेपालमा थप ५,२२५ कोरोना संक्रमणमुक्त, ६७ जनाको मृत्यु, ३,७५० संक्रमण पुष्टि

२८ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,२२५ जना संक्रमणमुक्त भएका छन् छ भने ३,७५० जना कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ९ हजार ५९८ नमुनाको पीसीआर टेष्ट गर्दा २७०९ र ५,५८४ एन्टिजेन टेष्ट गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ ।
२८ जेठ २०७८, शुक्रवार १७:२० बजे प्रकाशित