कोरोना अपडेट : ५७६८ कोरोना संक्रमणमुक्त, ८१ जनाको मृत्यु
२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त भएका छन् ।
थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ ।
२६ जेठ २०७८, बुधवार १६:५४ बजे प्रकाशित




