कानुन व्यवसायीलाई तत्काल कोरोना विरुद्धको दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्चको आदेश

कोरोना भाइरसको पहिलो डोज लगाएका कानुन व्यवसायीलाई तत्काल दोस्रो डोजको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जेठ १८ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा अन्तरिम आदेश दिएको हो ।
अधिवक्ता उमेश प्रसादले पहिलो डोज लिएका ७ सय ५० जना कानुन व्यवसायीले दोस्रो डोज लगाउन नपाएको भन्दै सर्वोच्चमा रिट हालेका थिए ।
सो रिटमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, विनोदकुमार तथा अधिवक्ता विजय मिश्र, सुनिल पोखरेल र ऋषिराम घिमिरे लगायतले भर्चुअल माध्यमबाट बहस गरेका थिए ।
२० जेठ २०७८, बिहीवार १८:४९ बजे प्रकाशित