नेपालमा पहिलोपटक कोरोना संक्रमणमुक्त धेरै देखियो

१२ जेठ, काठमाडौं । दोस्रो लहर सुरु भएयता नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलो रेकर्ड हो । लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरे संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।
मंगलबार थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने १६९ जनाको मृत्यु भएको थियो ।
यसअघि सोमबार देशभर ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए ।
यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६ हजार ८४५ पुगेको छ । निको हुने दर ७६.९ प्रतिशत पुगेको छ ।
१२ जेठ २०७८, बुधवार १७:११ बजे प्रकाशित