उपत्यकामा १० देखि १५ दिनसम्म निषेधाज्ञा थप हुनसक्छ :  काप्रजिअ पराजुली

काठमाडौं उपत्यकामा १० देखि १५ दिनसम्म निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यसबारे निर्णय लिनेछ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाबारे छलफल भइरहेको बताए । उनले भने, “१० देखि १५ दिनसम्म निषेधाज्ञा थप हुनसक्छ । अहिल्यै निर्णय गरिसकेका छैनौँ ।”

उपत्यकामा गएको वैशाख १६ गतेबाट निरन्तर निषेधाज्ञा छ । जारी निषेधाज्ञा यही जेठ १३ गते सकिँदै छ । आजको बैठकबाट निषेधाज्ञा थपसँगै खाद्यान्न पसल र तरकारी पसललगायत विषयमा निर्णय हुने बताइएको छ ।

११ जेठ २०७८, मंगलवार १५:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु