एकैदिन ६ हजार ६४८ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

२४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाको पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नौ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ । यस्तै थप एक सय ४५ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

 

२ जेठ २०७८, आइतवार १६:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु