भारतले भुटानबाट दैनिक १० हजार सिलिन्डर अक्सिजन पाउने

कोरोना भाइरसको महामारीसँग जुधिरहेको भारतले भुटानबाट महत्वपूर्ण साथ पाउने भएको छ । भुटानबाट भारतलाई दैनिक १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने भएको हो ।

मेडिकल अक्सिजनको अभाव खेपिरेहको भारतमा जुन महिनाबाट दैनिक ४० मेट्रिक टन अर्थात् १० हजार सिलिन्डर अक्सिजन प्राप्त हुने इन्डियन एक्सप्रेसले लेखेको छ ।

भारतको आसामबाट ७ किलोमिटर टाढा भुटानमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन भारतमा लगिने भएको हो ।

एस डी क्रियोजेनिक्स ग्यासेसबाट लिक्विड अक्सिजन उत्पादनको वातावरण तयार गर्नमा भारतको विदेश मन्त्रालयले समेत भूमिका निभाएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

उक्त कम्पनीमा ५१ प्रतिशत लगानी भुटानीको रहेको छ । यसमा भुटानको राजाको समेत प्रत्यक्ष निगरानी रहेको उल्लेख छ ।

२ जेठ २०७८, आइतवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु