उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे छलफल जारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे तीनवटै जिल्ला प्रशासन कार्यालयले मंगलबार छलफल गर्ने भएका छन् ।

मन्त्रिपरिकषद्को निर्णयअनुसार निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय लिन भोलि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले छलफल गर्ने लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालि प्रसाद पराजुलीले अ‍ाइतबार मन्त्रिपरिकषद्ले गरेको निर्णय कार्यान्वयनका लागि छलफल गर्न लागिएको बताए ।

ूपहिले गरिएको निषेधाज्ञा खुकुलो भएपनि अब हुने निषेधाज्ञामा कसरी कडाइ गर्ने भन्नेबारे निर्णय निकाल्नेछौँ,ू प्रजिअ पराजुलीले भने ।

काठमाडौं उपत्यकामा वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । तर मन्त्रिपरिषद्ले जोखिम बढी भएका जिल्लामा वैशाख मसान्तसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

२० वैशाख २०७८, सोमवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु