हेटौंडा अस्पतालमा दुई जना संक्रमितको मृत्यु
हेटौंडा अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा २ संक्रमितको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रविण श्रेष्ठले पुष्टि गरे ।
आइतबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका –१ निवासी ५५ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको थियो । त्यस्तै सोमबार बिहान बाराको अमलेखगन्ज निवासी ४६ वर्षका पुरुष संक्रमितको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
आइतबार एन्टिजिन विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि इमर्जेन्सी वार्डमा उपचारका लागि आएका हेटौंडा–१ का पुरुषलाई स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न खोज्दा मृत्यु भएको बताइएको छ ।
२० वैशाख २०७८, सोमवार १२:४३ बजे प्रकाशित





