भारतमा थप ३ लाख ६८ हजार बढीमा संक्रमण, ३४ सय बढीको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६८ हजार १४७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतभर पहिचान भएको संक्रमितको संख्या १ करोड ९९ लाख २५ हजार ६०४ पुगेको छ।

यस्तै, एकैदिन ३ हजार ४१७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म भारतभर २ लाख १८ हजार ९५९ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ३ लाख ७३२ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। सोमबार बिहानसम्म भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजार ६४२ पुगेको छ।

२० वैशाख २०७८, सोमवार ११:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु