थप ७८ जनामा कोरोना संक्रमण, १ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार थप ७८ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यससँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ४ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हाल मुलुकभर ९ सय ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

आइतवार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ ।

१६ फागुन २०७७, आइतवार १६:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु