प्रचण्ड– माधवको सभा सकिएपछि प्रदर्शनकारीले सडक सफा गरे

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले काठमाडौंमा गरेको जनसभापछि फोहोर भएको सडक कार्यकर्ताहरुले नै सफा गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् ।

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थियो ।

ती प्रदर्शनहरु भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो ।

२८ माघ २०७७, बुधवार १८:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु