कोरोना पीडित हुँदैछन् ‘डिप्रेसन’को शिकार

भारतीय स्वास्थ्य मन्त्रालयले कोरोना महामारीबाट संक्रमित भएका ३० प्रतिशत मानिस ‘डिप्रेसन’ को शिकार भएको जनाएको छ ।

मन्त्रालयले कोरोना महामारीका कारण तनाव बढिरहेको अवस्था देखेर यस्तो अध्ययन गरेको हो । कोरोनाभाइरसको महामारीले विश्वभरका मानिसको मानसिक अवस्थामा गहिरो असर पारेको छ । स्वास्थ्य सेवामा समेत महामारीले प्रभाव पारेको छ भने मानसिक स्वास्थ्यमा समेत गम्भीर चुनौती देखा परेको छ ।

स्वास्थ्य मन्त्रालय एवम् ‘मेन्टल हेल्थ इन्स्टिच्युट अफ न्यूरोसाइन्स’ को मार्गनिर्देशनले कोभिड महामारीमा मानसिक रुपमा प्रभावित भएका व्यक्तिका बारेमा उल्लेख गरेको छ । पहिलो समूहमा ती मानिसहरु छन् जो कोभिड–१९ बाट पीडित छन् । अध्ययनका अनुसार जो कोरोना संक्रमित भएका थिए उनीहरुमा मानसिक समस्या आउन सक्छ ।

यस्तोमा ३० प्रतिशतमा डिप्रेसन र ९६ प्रतिशतमा ‘पोस्ट ट्रामेटिक स्ट्रेस’ डिसअर्डरको समस्या बढ्न सक्छ ।

दोस्रो समूहका ती बिरामीहरु छन् जो पहिलेदेखि नै कुनै मानसिक रोगबाट पीडित छन् । यस्तोमा कोरोनाका कारण उनीहरु पुरानै अवस्थामा फर्किन सक्छन् । यस्तोमा उनीहरुको अवस्था खराब मात्र नभइ मानसिक समस्याबाट समेत ग्रसित हुन सक्छन् ।

तेस्रो समूहमा ती मानिसहरु छन् जो फरक–फरक प्रकारका मानसिक समस्या भोगिरहेका छन् । जस्तै तनाव, चिन्ता, निद्राको कमी, मनमा अनौठो कुरा आउने हुन सक्छ । यस्ता व्यक्तिहरुमा आत्महत्याको सोचसमेत आउन सक्छ ।

अखिल भारतीय आयुर्विज्ञान संस्थान दिल्ली ९एम्स० का मनोचिकित्सक श्रीनिवास राजकुमार भन्छन्,“यो अध्ययन निकै चिन्ताजनक छ । किनकि आम मानसिक बिरामीको तुलनामा यो आकडा बढी हो । तर यो तथ्याङ्क कहाँबाट लिइयो स्पष्ट छैन ।”

उनले अगाडि भनेका छन्,“एम्स कोभिड ट्रमा सेन्टरमा मनोचिकित्सक लगातार बिरामीसँग कुराकानी गरिरहेका छन् । अध्ययनमा भनेअनुसार नै उनीहरुमा त्यस्ता समस्या पाइएको छ ।”

उनका अनुसार कोरोनाका बिरामीमा असुरक्षाको भावना रहन्छ । कि उनीहरु आफ्नो परिवारसँग फर्किन सक्लान् कि नसक्लान् ।

 

२३ कात्तिक २०७७, आइतवार ०६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु