उपचाररत नेता मिन विश्वकर्माको होस खुल्यो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव पूर्व बाणिज्यमन्त्री मिन विश्वकर्माको होस खुलेको छ ।
साथै उनको कोरोना परिक्षणको रिपोर्ट पनि नेगेटिभ आएको छ । नेता विश्वकर्माले इशाराले चिकित्सकहरुसंग कुरा गर्न थालेको उनका परिवारका सदस्यले बताएका छन् ।
कात्तिक १ गते ५३ वर्षीय नेता विश्वकर्मालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएको ८ दिन पूर्व बाणिज्य मन्त्री विश्वकर्मा होम आइसोलेसन बसेका थिए ।
होम आइसोलेसन बसेका विश्वकर्मालाई सास फेर्न असजिलो हुन थालेपछि कात्तिक ९ गते उपचारका लागि वीर अस्पताल पुर्याइएको थियो ।
१९ कात्तिक २०७७, बुधवार ०९:३० बजे प्रकाशित