मीन विश्वकर्माको अवस्था थप गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

नोवेल कोरोना भाइरस कोभिड १९ संक्रमित नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ ।

पछिल्लो हप्तादेखि आईसीयूमा उपचारत विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा लगिएको ग्राण्डी अस्पताल स्रोतले जानकारी दिएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ ।

५४ वषीर्य विश्वकर्माको १ कात्तिक कोरोना परीक्षण रिर्पोट पोजेटिभ आएको थियो ।

एक हप्तासम्म होम आइसोलेसनमा बसेका उनी ९ कात्तिकमा वीर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि १२ कात्तिकमा उनलाई ग्राण्डी अस्पताल लगिएको थियो ।

१६ कात्तिक २०७७, आइतवार ०८:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु