यी हुन बढी कोरोना संक्रमित भएका जिल्लाहरु, कहाँ कति ? (सूची)

हाल मुस्ताङ जिल्लामा मात्रै शून्य संक्रमित

काठमाडौंमा कोरोना संक्रमितको संख्या ५९ हजार २३४ पुगेको छ भने त्यसमध्ये ४२ हजार ५०४ जना निको हुँदा सक्रिय संक्रमित १६ हजार ५२१ जना रहेका छन् । हालसम्म काठमाडौंमा २०९ जनाको मृत्यु भएको छ।

यसैगरी भक्तपुरमा ५ हजार ५१९ जना संक्तमित रहेकोमा ४ हजार ३८३ जना निको भएका छन् । यस्तै हाल १०७५ जना सक्रिय संक्रमित रहेको भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यसैगरी ललितपुरमा हालसम्म ८ हजार ३५० जनामा संक्रमण पुष्टि भएकोमा संक्रमितमध्ये ५ हजार ८२२ जना निको भएका छन् । यस्तै हाल २ हजार ४७० जना सक्रिय संक्रमित रहेको ललितपुरमा ५८ जनाको मृत्यु भएको छ ।

७६ जिल्लामा सक्रिय संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा कोरोनाको सक्रिय संक्रमित रहेका छन् । हाल मुस्ताङ जिल्लामा मात्रै शून्य संक्रमित रहेका छन् भने काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा कैलाली, दाङ, रुपन्देही, नवलपरासी, कास्की काभ्र, चितवन, झापा, मोरङ, सुनसरीसहित उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर रहेका छन्

१४ कात्तिक २०७७, शुक्रवार ०७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु