वाग्मती प्रदेश प्रमुखलाई कोरोना पुष्टि

वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड – १९ को सङ्क्रमण पुष्टि भएको छ ।
उनले मङ्गलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड(१९ को सङ्क्रमण पुष्टि भएको छ ।
१२ कात्तिक २०७७, बुधवार ११:३९ बजे प्रकाशित