स्ट्वाट्टै घट्यो कोरोना संक्रमितको दर, २४ घण्टामा थप ५७० जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा पाँच सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा सङ्क्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ३ हजार १ सय ६८ जना कोरोना मुक्त भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ पुगेको छ । अहिले नेपालमा ४० हजार ६ सय ८१ जना सक्रिय सङ्क्रमित छन् ।

गएको २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण १४ जनाको ज्यान गएको छ ।

११ कात्तिक २०७७, मंगलवार १७:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु