डा. बाबुरामको बुढाबुढीलाई कोरोना पुष्टि

बाबुराम दम्पत्तिमा कोरोना पुष्टि भएको छ। पूर्व प्रधानमन्त्री रहेका बाबुराम भट्टराई र उनी धर्मपत्नी हिसिला यामी दुबै जना कोरोना संक्रमित भएका छन्।

भट्टराईले सामाजिक सञ्जाल ट्वीटर मार्फत श्रीमान श्रीमति दुवै जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

ट्वीटरमा उनले भनेका छन्, ‘हिसिला र म दुबैलाई कोभिड९१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं१ केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ।’

कात्तिक ७ गते दिएको श्वाबको नतिजा पोजेटिभ आएको र डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन्। साथै उनले आफूसँग नजिक भएका सबैलाई सतर्क रहन समेत आग्रह गरेका छन्।

९ कात्तिक २०७७, आइतवार ०६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु