झलनाथ खनाललाई कोरोना आशंका, ह्याम्स अस्पतालमा उपचार हुँदै

पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनाल बिरामी परेका छन् । रक्तचाप बढेपछि उनी ह्याम्स अस्पतालमा भएका छन् ।
उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले खनालको अवस्था ठीक छ ।
कतिपयले नेता खनाललाई कोरोना भाइरसको संक्रमण भएको आशंका रहेको बताएका छन् । तर, खनालका स्वकीय सचिव भट्टराईले उपचार भइरहेको मात्रै बताए ।
२८ असोज २०७७, बुधवार २३:०९ बजे प्रकाशित