दशैं तिहारको १०/१५ दिन काठमाडौं ठप्पै पारौं : उमेश श्रेष्ठ

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले दशैं तिहारको १०–१५ दिन काठमाडौं ठप्पै पार्ने प्रस्ताव गरेका छन् ।

‘दशैं तिहारको समयमा १०–१५ दिन ठप्पै बन्द नगरे काठमाडौंमा कोरोनाले थप महामारीको रुप लेला जस्तो लाग्छ’ सांसद श्रष्ठले संसदको शिक्षा तथा स्वास्थ्य समितिको जारी भर्चुअल बैठकमा भने ।
आफैँ कोराना संक्रमित भएर अहिले निको भइसकेका सांसल श्रेष्ठले सरकारले कोरोना रोगको व्यवस्थापन उचित ढङले गर्न नसकेको आफुले पाएको टिप्पणी गरे । ‘काठमाडौंको व्यवस्थापन असाध्धै सुधार गर्नुपर्छ । मैले देखेको व्यवस्थापन चुस्त दुरुस्त बनाउन आवश्यक छ । कोभिड ठूलो समस्या भएका कारण यसमा ध्यान दिन पर्यो’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई कोरानाको सूचना दिँदा नरम भाषा प्रयोग गर्न पनि उनले आग्रह गरे ।

‘मर्ने बेलामा मात्रै अस्पताल जाउ भन्ने जस्तो गरी कुरा गर्न भएन । सकारात्मक रुपमा धारणा र सूचना दिन पर्यो’ उनले भने ।

कोरोना महामारीमा शिक्षा क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिनथ्यो त्यसरी गर्न नसनेको भन्दै उनले शिक्षामन्त्री गिरिराजमणी पोखरेलको पनि आलोचना गरे ।

‘शिक्षा मन्त्रालय दुई सय प्रतिशत फेल भइसक्यो । पढाईमा अनलाइन कक्षा हो कि के हो भन्नेमा केही गर्न सकेन’ उनले भने ।

२६ असोज २०७७, सोमवार १७:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु