डा. केसीको अनशन तोडियो

दुवै पक्षबीच ८ बुँदे सहमति

डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् ।

शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा। केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं ५०१ मा राखिएको थियो ।

 

 

२५ असोज २०७७, आइतवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु