डा. केसी र सरकारबीच मध्यरातमा सहमति (सहमतिपत्र सहित)

शनिबार मध्यरातमा अनरशनत डाक्टर गोविन्द केसी र सरकारको वार्ता टोलीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

केसी चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै अनसन बसेका थिए । गएराति दुवै पक्षबीच ८ बुँदे सहमति भएको हो ।

उनले आइतबार बिहान सहमति अनुसार २८ दिनदेखि अनशनरत डाक्टर केसीले आइतबार बिहान साढे ९ बजे अनशन तोड्दै छन् ।

बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको थियो । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

केसीले ६ बुँदे माग राख्दै भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो ।

स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै नेपालगञ्जबाट हेलिकप्टरमा असोज ६ गते काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । उनी अनशन बसेको २८ दिन पुगेको छ ।

२५ असोज २०७७, आइतवार ०७:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु