डा. केसीको अवस्था गम्भीर, अक्सिजन दिन थालियो

२१ दिनदेखि अनसनरत डा।गोविन्द केसीको स्वास्थ्यअवस्था गम्भिर बन्दै गएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत डा।केसीको अवस्था थप जटिल बन्दै गएको उनको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिएका छन् ।

आचार्यले जारी गरेको मेडिकल बुलेटिनका अनुसार डा।केसीको रगतमा अक्सिजनको मात्र निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको छ । साथै केसीको श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी डा केसीको रगतमा डब्लुबिसीको मात्रा निकै कम भएको र सुगरको मात्रा पनि कम भएको जनाइएको छ । अस्पतालले डा।केसीको अवस्था थप नाजुक हुँदै गएको जे पनि हुनसक्जे चेतावनी दिएको छ । स्वास्थ्यअवस्था निकै नाजुक हुँदै गएपनि डा।

केसीले आफ्ना मागहरु पुरा नभएसम्म उपचार गर्न इन्कार गर्दै आएका छन् ।

केही दिनअघि जुम्लाबाट काठमाडौं आएका डा. केसीले सुरुमा प्रहरीले ट्रामा सेन्टरमा पुर्याएको थियो । डा।केसीले ट्रमा सेन्टरमा नबस्ने अडान लिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो ।

१९ असोज २०७७, सोमवार ०६:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु