२२५३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा दुई हजार २५३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्।
गत २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सो अवधिमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको थियो।
नेपालमा कूल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।
१८ असोज २०७७, आइतवार १६:३१ बजे प्रकाशित