काठमाडौं उपत्यकामा मात्रै लकडाउन गर्ने तयारी
सरकारले काठमाडौं उपत्यकामा मात्रै लकडाउन गर्ने तयारी गरेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा मात्रै भएपछि लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
शनिवार प्रधानमन्त्रीको सल्लाहकार, स्वकीय सचिव, सचिवालय र सुरक्षाकर्मीसहित ७० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।
शनिवार काठमाडौं उपत्यकामा मात्रै ११७७ जनालाई कोरोना पुष्टि भएको थियो ।
जसमा काठमाडौंमा १००१ भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
१८ असोज २०७७, आइतवार ०७:०१ बजे प्रकाशित





