डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरे प्रधानमन्त्री ओलीले

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लागभको कामना गरेका छन् ।
ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पको स्वास्थ्यलाभको कामना गरेका हुन् ।
शुक्रबार ट्रम्प र उनकी पत्नी अमेरिकी फस्ट लेडी मेलिनिया ट्रम्प संक्रमित भएको पुष्टि भएको थियो। ट्रम्पले ट्वीटमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए ।
१६ असोज २०७७, शुक्रवार २३:२१ बजे प्रकाशित