२७२२ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौं उपत्यकामा १६३८
 
			पछिल्लो २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ३३०७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २१ हजार २३४ सक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२८० जना, भक्तपुरमा १९६ र ललितपुरका १६२ जना छन् ।
१६ असोज २०७७, शुक्रवार १६:३९ बजे प्रकाशित
 
						 




