कोरोनाबाट थप १८ को मृत्यु, को कहाँका ? (सूची)

काठमाडौंमा ४, भक्तपुर र कपिलवस्तुमा २र२ तथा झापा, मोरङ, सुनसरी, रौतहट, सप्तरी, धादिङ, दाङ, नवलपरासी, तनहुँ र डडेलधुराका एकएक जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५६ पुगेको छ ।

टेकु, काठमाडौंका ८० वर्षीय पुरुषको बुधबार पाटन अस्पतालमा मृत्यु भएको छ । ५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर ६ गते अस्पताल भर्ना भएका थिए ।

जोरपाटी, काठमाडौंका ७५ वर्षीय पुरुको बुधबार पाटन अस्पतालमै मृत्यु भएको छ । उक्त रक्तचाप र मधुमेहका विरामी उनलाई २६ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो र २७ गते अस्पताल भर्ना भएका थिए ।

सोह्रखुट्टे, काठमाडौंका ७९ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा बिहीबार मृत्यु भएको छ । मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर २७ भदौमा अस्पताल भर्ना भएका थिए ।

सोल्टीमोड, काठमाडौंकी ८२ वर्षीया महिलाको बुधबार पाटन अस्पतालमै मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई २४ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
सूर्यविनायक, भक्तपुरका ८४ वर्षीय पुरुषको नोबेल अस्पतालमा बिहीबार मृत्यु भएको छ । ६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएपछि ७ गते अस्पताल भर्ना भएका थिए ।

भोलाछें, भक्तपुरका ७३ वर्षीय पुरुषको मेघा अस्पतालमा बिहबिार मृत्यु भएको छ । मुटुसम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासको समस्या दिएर ५ असोजमा अस्पताल भर्ना भएका थिए ।
बुद्धभूमि नगरपालिका(६, कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोना अस्पताल, बुटवलमा मृत्यु भएको छ । असोज १ गते अस्पताल भर्ना भएका उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए ।

बनगाई, कपिलवस्तुकी ७० वर्षीया महिलाको बिहीबार कारोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ । दमका रोगी उनी असोज ५ गते अस्पताल भर्ना भएकी थिइन् ।

धादिङकी ३२ वर्षीया महिलाको पाटन अस्पतालमा बिहीबार मृत्यु भएको छ । ५ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ६ गते अस्पताल भर्ना भएकी थिइन् र उनलाई निमोनिया भएको थियो ।

रामग्राम नगरपालिका ३, नवलपरासीका ४९ वर्षीय पुरुषको बिहीबार कोरोना अस्पताल, बुटवलमा मृत्यु भएको छ । भदौ २७ गते अस्पताल भर्ना भएका उनी कलेजो र मिर्गौलासम्बन्धी दीर्घ रोगी थिए ।

आँबुखैरहनी नगरपालिका(३, तनहुँका ३९ वर्षीय युवकको बुधबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । डायलासिस गराउन भदौ २९ गते अस्पताल पुगेका उनलाई कोरोना संक्रमण भएको भदौ ३१ गते पुष्टि भएको थियो ।

नवदुर्गा गाउँपालिकाका, डडेलधुराका ४८ वर्षीय पुरुषको बुधबार डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ । केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो ।

राजविराज नगरपालिका ७, सप्तरीका ५५ वर्षीय पुरुषको बिहीबार होम आइसोलेसनमा मृत्यु भएको छ । ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका उनलाई सुरुमा ज्वरो आएको थियो । तर पछिल्लो समय स्वास्थ्य अवस्था सामान्य थियो ।

तुलसीपुर उपमहानगरपालिका १०, दाङका ३९ वर्षीय पुरुषको बिहीबार हृयाम्स अस्पतालमा मृत्यु भएको छ । बोनम्यारोको समस्या देखिएपछि उनी भदौ ४ गते सिभिल अस्पताल भर्न भएका थिए । उपचारका क्रममा ३१ भदौमा कोरोना संक्रमण पुष्टि भएपछि आईसीयू चाहिने भएपछि हृयाम्स लगिएको थियो ।

रौतहटका ६५ वर्षीय पुरुष, झापाका ७८ वर्षीय पुरुष, मोरङकी ५५ वर्षीया महिला र सुनसरीकी ८१ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघ्यो

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ ।

यो कुल संक्रमितको ७२।७ प्रतिशत हो ।

निको हुने दर बढेपनि संक्रमण दर बढेकाले खुशी भइहाल्ने अवस्था नरहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन भन्छन्, ‘संक्रमण दर बढेर १४ प्रतिशत पुगेको अवस्थामा निको हुने दर बढेर के खुशी हुनु रु निको हुने बढेपनि सक्रिय संक्रमित बढेकै छन् ।’

स्वास्थ्य मन्त्रालयले पनि सक्रिय संक्रमितको सङख्या बढेर २५ हजार पुगे फेरि बन्दाबन्दी गर्ने सुझाव दिएको छ । यसले पनि खतरा नटरेको संकेत गरेको भन्दै उनले भने, ‘परीक्षण अझै बढाउनुपर्छ किनकी हाम्रो जोखिम अझै टरेको छैन ।’

९ असोज २०७७, शुक्रवार ०७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु