यी जिल्लामा ५०० बढी संक्रमित, कति छन् आईसीयू र भेन्टिलेटरमा ?

स्वास्थ्य मन्त्रालयकाअनुसार विभिन्न ९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको छ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म मोरङ, सुनसरी, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको छ ।

यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा अहिले १ जना पनि संक्रमित रहेका छैनन् ।

मन्त्रालयका अनुसार हाल आईसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जना रहेका छन् ।

२ असोज २०७७, शुक्रवार २१:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु