कोरोनामै केही खुसी : थप ८५२ जना संक्रमण मुक्त भइ घर फर्के
गएको २४ घण्टामा ८ सय ५२ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।
आज ८ सय ५२ जना निको भएसंगै नेपालमा कोरोना मुक्त भइ घर फर्कनेको संख्या ३७ हजार ५ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
जागेश्वर गौतमले जानकारी दिनुभयो ।
गौतमका अनुसार हाल क्वारेन्टाइनमा ६ हजार तीन सय ५४ जना रहेका छन् ।
यसैगरी संथागत आइसोलेसनमा ९ हजार १ सय ७ जना र होम आइसोलेसनमा ६ हजार १ सय ५३ रहेका छन् ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना संक्रमित मध्य ७०।६ प्रतिशत कोरोना मुक्त भइ घर फर्केका छन् ।
२७ भदौ २०७७, शनिवार १६:४१ बजे प्रकाशित













