बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह–६ का ६० वर्षीय पुरुषलाई शुक्रबार बिहान अस्पताल ल्याईकोमा एक्सपर्ट एमरजेन्सी टेस्टबाट पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले क्लिनिकमै अक्सिजन थेरापी दिएर उपचार गराइरहेका उनको ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल विभाग प्रमुख डा सुदर्शन थापाले बताए ।

मृतकलाई विगत २ दिनदेखि खोकी लाग्ने र ज्वरो आउने भएको थियो । उनी छारे र दीर्घ रोगी थिए ।

२६ भदौ २०७७, शुक्रवार १८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु