चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण
चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड १९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३ जना र रत्ननगरका एक जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार राति १२ बजे आएको रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूष र ६ जना महिला छन् । उनीहरू २१ देखि ७० वर्ष उमेर समूहका छन् ।
यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा।नीतु अधिकारीले जानकारी दिइन् ।
२५ भदौ २०७७, बिहीवार ०८:०६ बजे प्रकाशित