‘२५ सयमै पीसीआर १ सरकारले किन लियो ५५ सय ?
एकजनाको पीसीआर परीक्षण गर्दा ५५ सय रुपैयाँ लाग्ने सरकारले तोकेको मूल्य हो । यही मूल्यअनुसार पीसीआर परीक्षणमा खर्च गरेको हिसाब सरकारले सार्वजनिक गरिसकेको छ । तर, अहिले ५६ सयलाई घटाएर ४४ सय रुपैयाँ सरकारी शुल्क तोकिएको छ ।
मंगलबार सिंहदरबारमा प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आयोजना गरेको बैठकमा २५ सय रुपैयाँमै पीसीआर जाँच हुन सक्ने हिसाब सुनेपछि सांसदहरु छक्क परे । अब यसबारे अध्ययन गर्नुपर्ने निश्कर्ष सो बैठकले निकाल्यो ।
शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित ‘कोरोना भाइरस (कोभिड(१९० को जोखीम रोकथामबारे सरकारले गरेका कामकारवाही अनुगमन उपसमिति’को बैठक मंगलबार बसेको थियो ।
छलफलमा सरकारी तथा निजी अस्पतालका पदाधिकारी तथा सञ्चालकहरु सहभागी थिए । उपसमितिले बिहान र दिउँसो गरी दुई सिफ्टमा उनीहरुसँग छलफल गरेको थियो । र, छलफलको विषय थियो( कोरोना महामारीमा अस्पतालहरुले के कसरी सेवा दिइरहेका छन् रु
पीसीआरको खर्च ५५ सय कि २५ सय ?
बैठकमा पीसीआर परीक्षणको शुल्कबारे हिसाब(किताब भयो । काठमाडौं मेडिकल कलेजका सहनिर्देशक डा।जेनस आचार्यले भने, ‘सरकारले ४४ सयमा गर्नू भन्यो, त्योभन्दा कममा जतिमा पनि गर्न त पाइयो नि । हामीले २५ सयमा गरिरहेका छौं र समयमै रिपोर्ट दिएका छौं, २र३ दिन लगाएका छैनौं ।’
डा।जेसिन नजिकै रहेका वीर अस्पतालका कार्यकारी निर्देशक डा। केदारप्रसाद सेन्चुरीले सोधे, ‘कसरी सम्भव भयो २५ सयमा रु किटकै ८र९ सय पर्छ ।’
सरकारको काम अध्ययन गर्न गठित उपसमिति संयोजक जीवनराम श्रेष्ठले डा।जेनिससँग डा।सेन्चुरीको प्रश्नको जवाफ मागे ।
जवाफमा डा। जेनिसले भने, ‘९६ जनाको एकैपटक टेष्ट गर्ने हो । सुरुमा ५५ सयमा गर्दा ९६ पुग्न समय लाग्यो, दिनमा १०/२० आए । ४४ सयमा गर्दा ५० पुग्यो २५ सयमा गर्दा घाटा नहुने र छिटो रिर्पोट दिने गरी आउने भयो ।’
वीर अस्पतालका अर्का डा। आशीष ढुङ्गानाले कोरोना टेष्ट खर्च ५५ सय सही कि २५ सय भन्नेमा अध्ययन आवश्यक रहेको बताए । उनले भने, ‘४४ सयमा हुन्थ्यो भने सुरुमा किन ५५ सय भनेको रु अहिले २५ सयमा भइरहेको छ भने यो दुबैबारे अध्ययन आवश्यक छ । २५ सयको क्वालिटी के छ र सुरुमा सरकारले ५६ सय किन भनेको ?
२४ भदौ २०७७, बुधवार ०५:५९ बजे प्रकाशित





