वीरगञ्जमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ५ सय ८० वटा स्वाब नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना छन् । १९ देखि ६० वर्ष उमेर समूहका संक्रमितमध्ये ८ जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा नं। १ र ५, वीरगञ्ज महानगरपालिका वडा नं। १२, १३ र १६ का १र१ जना छन् । तराई अस्पतालका ३ जना, आर्मी ब्यारेकका १ जना र सखुवाप्रसौनी गाउँपालिका वडा नं। २ का २ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज हेल्थ केयरबाट पठाइएका स्वाब नमुनामध्ये बाराका २ र पर्साका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नं। ७ र १६ मा १र१ जना, बारागढी गाउँपालिका वडा नं। ६ मा २ जना, वडा नं। ३ र ४ मा १र१ जना, सुवर्ण गाउँपालिका वडा नं। ७ मा १ जना र इलाका प्रहरी कार्यालय बारागढीका १ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयबाट पठाइएका स्वाब नमुनामध्ये ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२३ भदौ २०७७, मंगलवार ११:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु