कोरोनाले वयष्कलाई पनि लान सक्छ : डा. कार्की

कोरोना भाइरसको कारण गम्भीर विरामी परेर निको भएका विराटनगरका चिकित्सक डा। ज्ञानेन्द्रमानसिंह कार्कीले कोभिड–१९ लाई कम नआँक्न आग्रह गर्नुभएको छ ।
विराटनगरको विराट मेडिकल कलेज र विराट नर्सिङ होमका सञ्चालक डा. कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार यस्तो आग्रह गर्नुभएको हो ।
कोरोना संक्रमणपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै शिक्षण अस्पतालको आईसियु र भेन्टिलेटरमा पुगेका डा। कार्कीको प्लाज्मा थेरापी बिधिबाट उपचार गरिएको थियो । डा।कार्कीले पटक–पटक कोभिड १९ लाई कमजोर नआँक्न चेतावनी दिँदै आफूले पुनर्जीवन नै पाएको बताउनुभयो ।
आपूmले समयमा राम्रो उपचार नपाएको भए वा उपचारका लागि काठमाडौंमा नआएको भए आफ्नो मृत्यु भएको १८ दिन भइसकेको डा। कार्कीले स्मरण गर्नुभयो । ‘मृत्युको मुखबाट बाँचेर आएको मान्छे हो, म’ उहाँले भन्नुभयो, ‘डाक्टरहरुले कुनै दिन त मलाई माया मारिसकेका थिए, तर भाग्यबस बाँचे ।’
घरमा बेसारपानी खाएर कोरोना ठीक हुन्छ भन्ने भ्रम नपाल्न आग्रह गर्दै डा। कार्कीले झुक्किएर पनि कोभिडलाई ‘अन्डर इस्टिमेट’ नगर्न अपिल गर्नुभयो । कोरोनाबाट आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उहाँले तर ‘अन्डर इस्टिमेट’ गर्नु पनि भयंकर भूल हुने बताउनुभयो ।
डाक्टर कार्कीले युवा उमेरकालाई कोरोनाले असर गर्दैन भन्नु कुरा पनि गलत रहेको बताउनुभयो । ‘साँढे जस्तो भएर बजार घुम्ने काम नगरौं’ उहाँले भन्नुभयो, ‘यो रोगले कसैलाई पनि छाड्दैन, बालक, वृद्ध, जवान कसैलाई पनि छाड्दैन। संक्रमण भएपछि यसले कुन रुप लिन्छ सोच्न पनि सकिँदैन।’
डाक्टर कार्कीले सकेसम्म कोरोना लाग्नै नदिन उपाय अपनाउनुपर्नेमा जोड दिँदै इमान्दारीपूर्वक सरकारका नियम पालना गर्नुपर्नेै बताउनुभयो । कोरोनाबाट जोगिन पशुपतिको साँढे जस्तो भएर बस्नुपर्ने सुझाब दिँदै उहाँले वनकालीको बाँदर जस्तो नउफ्रिन आग्रह गर्नुभयो । कोभिडले केही गर्दैन भनेर कसैले घमण्ड गर्न नहुने पनि उहाँले चेतावनी दिनुभयो
कोरोना संक्रमितलाई हेर्ने नेपाली समाजको दृष्टिकोण राक्षसी रहेको भन्दै कार्कीले कोरोना संक्रमितको मनोबल गिराउने, अन्याय हुने र हेप्ने काम नगर्न अपिल गर्नुभयो । स्वास्थ्यकर्मीमाथि यो बेला आक्रमण, दुब्र्यबहार र अपमान हुनु दुखद् रहेको उहाँको भनाइ थियो । अब कोरोनासँगै हिँड्नुको विकल्प नरहेको उल्लेख गर्दै डा। कार्कीले कोरोनासँग बाँच्न सिक्नुपर्ने बताउनुभयो ।
२२ भदौ २०७७, सोमवार १७:३८ बजे प्रकाशित