कोरोनाबाट काठमाडौंमा एकैदिन थप ३ जनाकोमृत्यु (विवरणसहित)

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंमा आज तीनजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरु ४१, ५९ र ६५ वर्षका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनीहरुको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा संक्रमित संख्या थपिने र मृतकको संख्या पनि थपिने क्रम जारी छ ।

उपत्यकामा निषेधाज्ञा जारी गरिएपनि संक्रमित र मृतक संख्या घटेको छैन ।

२० भदौ २०७७, शनिवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु