कोरोना अपडेट : एकैदिन थपिए १०४१ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२६ जनासहित देशभर थप एक हजार ४१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
देशका विभिन्न प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा एक हजार ४१ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमित जम्मा संख्या ४५ हजार २७७ रहेको बताए। १७ हजार ८७० जना संक्रिय संक्रमित रहेका छन्।
२४ घण्टामा सबैभन्दा धेरै कोभिड-१९ संक्रमितिको सङख्या थपिने जिल्लामा काठमाडौं परेको छ। काठमाडौंमा मात्र ३२६ जना संक्रमित थपिएका छन्। त्यस्तै ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना कोभिडका संक्रमित थपिएका छन्।
एक हजार ५६६ जना शनिवार डिस्चार्ज भएसँगै निको हुनेको संख्या २७ हजार १२७ रहेको छ।
२० भदौ २०७७, शनिवार १६:२८ बजे प्रकाशित




