ललितपुरमा बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु

भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म ललितपुर क्षेत्रमा कर्फ्यु लगाउने निर्णय भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) को जोखीम थप बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाउने निर्णय गरेको हो ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएपछि ललितपुर जिल्ला प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बल्खु पुलदेखि मनहरा पुलसम्म र ललितपुर महानगरपालिको चक्रपथभित्रको क्षेत्रमा कर्फ्यु लगाउने निर्णय गरिएको बताए ।
१८ भदौ २०७७, बिहीवार २१:१३ बजे प्रकाशित