उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय

काठमाडौं उपत्यकाका एक सात निषेधाज्ञा थपिएको छ।

तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुको संयुक्त बैठकले उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढिरहेको अवस्था रहेकोले एक साता निषेधाज्ञा जरुरी रहेकोले थपिएको जनाईएको छ ।

केही खुकुलो बनाएर थप एक साता निषेधाज्ञा गर्न सहमत

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन ।

काठमाडौं उपत्यकामा गत भदौ तीन गतेदेखि लागु गरिएको निषेधाज्ञा भोली राती १२ बजेबाट सकिँदैछ ।

१७ भदौ २०७७, बुधवार १५:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु