१० महिने शिशुसहित चितवनमा थप ६७ जनामा कोरोना संक्रमण

चितवनमा १० महिने शिशुसहित एकैदिन ६७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ।

आइतबार राति सार्वजनिक विवरण अनुसार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २१ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३५ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप ११ जना गरी ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो । चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एकरएक जनामा संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमित १८ जनामध्ये राप्ती नगरपालिकाका १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् ।

यस्तै गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

यस्तै, धुलिखेल अस्पताल पठाईएका ४६७ नमुनामध्ये ६१ जनामा कोरोना पोजेटिभ देखिएको छ। यीमध्ये २६ वटा अघिल्लो दिन र ३५ वटामा आइतबार पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको २०१ वटाको नमूना परिक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको कोभिड ईन्फो चितवनले जानकारी दिएको छ ।

१५ भदौ २०७७, सोमवार ०९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु