कस्ता बिरामीलाई कोरोनाले बढी प्रभाव पार्छ ? के–के कुरा ख्याल गर्ने ?

नेपालमा कोरोना संक्रमण तीब्ररुपमा बढेसँगै संक्रमितहरुको मृत्यु हुने क्रम पनि निरन्तर बढिरहेको छ।

हालसम्म देशभर ३६ हजार पाँच सयलाई संक्रमण पुष्टि हुँदा १ सय ९५ संक्रमितको ज्यान गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

वीर अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले मृत्यु हुनेहरु मध्ये अधिकांशमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको वा दीर्घ रोग रहेको बताए।

‘मुटु, मिर्गौला तथा फोक्सोमा समस्या, बाथ, दम लगायतका दीर्घ रोगीहरु कोरोनाबाट बढी प्रभावित छन्,’ डा।सेन्चुरीले भने, ‘रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, ६० वर्षभन्दा माथि उमेर भएका, रोगको औषधि सेवन गरिरहेका, सुगर, प्रेसरका विरामीलाई कोरोना लाग्यो भने जोखिम बढ्छ।’

उनका अनुसार केहि दिनयता नेपालमा पनि त्यस्ता समूहमा कोरोना पुगेको देखिन्छ।

नेपालमा कोरोनाबाट मृत्यु भएको तथ्यांक हेर्दा महिला भन्दा पुरुष बढी छन्।

अहिलेसम्म मृत्यु भएकामध्ये १ सय ४४ जना पुरुष हुन्। जुन मृत्यु हुने कूल संख्याको ७४ प्रतिशत हो। हालसम्म ५१ जना संक्रमित महिलाको मृत्यु भएको छ।

क्रिटिकल आइसियू विशेषज्ञ डा। दीपतेश अर्यालले कोरोनाले महिलालाई भन्दा पुरुषलाई बढी असर गरेको बताए।

‘विश्वभर र नेपालमा मृत्युको तथ्यांक हेर्दा कोरोनाले पुरुषलाई नराम्रो प्रभाव पारेको देखिन्छ,’ डा। अर्यालले भने।

दीर्घ रोगीलाई कोभिडले कसरी असर गर्छ ? 

कोरोना भाइरस हो। मुटुको ब्लड प्रेसर उच्च छ भने त्यसले मुटु, मिर्गौला, आँखा, दिमाग ९ब्रेन० लाई असर गर्छ।

कोभिडले साधारण रुघाखोकी मात्र पनि लाग्न सक्छ। कसैलाई त्यो बढेर निमोनिया भई फोक्सोमा समस्या हुनसक्छ।

कसैलाई त्योभन्दा बढी भई मुटु, मिर्गौला, दिमागमा असर गर्छ। सबैलाई एउटै असर गर्छ भन्ने हुँदैन।

कसलाई सिकिस्त बनाउँछ ? 

अहिलेसम्म महिलाभन्दा पुरुषलाई बढि प्रभाव पारेको देखिएको छ। यो संसारभर नै देखिएको ट्रेन्ड हो।

जो मानिसलाई पहिलेदेखि नै मुटुको समस्या, हाइपर टेन्सन, डायबेटिज जस्ता दीर्घ रोग छन्, उनीहरुलाई यो भाइरस थेग्न गा¥हो पर्छ।

लामो समयदेखि मिर्गौलाको उपचार गराइ रहेका, रोगप्रतिरोधी क्षमता कम गर्ने औषधि सेवन गरिरहेका, किमोथेरापी लिइरहेका व्यक्तिमा कोरोना संक्रमण भयो भने उनीहरुको अवस्था बढि जटिल हुन्छ।

त्यस्तो अवस्थामा अर्ग्यान फेलियर ९कुनै अंगले काम नगर्ने० हुनसक्छ। यस्तो अवस्था पनि महिलामा भन्दा पुरुषमै बढी देखिएको छ।

मुटुरोग, दम, मिर्गौला, फोक्सो, क्यान्सर, मधुमेह र बढि उमेर समूह लगायतमा कोभिडले असर गरेको पाइएको छ। डा। अर्यालले यी अवस्थाको पनि यसरी वर्गीरकण गरेका छन्।

उमेर

उमेर हेर्दा भरखरै जन्मेकोदेखि उमेर ढल्केकोलाई असर गर्छ। तर, ६५ वर्ष कटेकाहरुलाई बढी असर गर्छ। जति उमेर ढल्किदैँ गयो, रोगसँग लड्ने क्षमतामा स्वभाविक रुपमै ह्रास आउँदै जान्छ।

यस्तो अवस्थामा आफूमा रहेको शरीरलाई प्रतिरक्षा गर्ने भाइरस कमजोर भयो र कोभिड शक्तिशाली भयो भने त्यस्ता व्यक्तिको अवस्था निकै जटिल हुन्छ।

भाइरसको लोड ९भार० कति छ भन्ने अर्को महत्वपूर्ण पक्ष हो। भाइरल एक्सपोजरको पनि डोज हुन्छ।

जस्तो कुनै बिरामीमा एउटा मात्र भाइरस छिर्नु र सयवटा छिर्नुमा फरक पर्छ।

कोही मानिस युवा भएर पनि ज्यानै जानसक्छ। कोही उमेर ढल्केको छ तर बिरामी हुँदैनन्, बिस्तारै निको भएर उम्कछन्।

त्यो चाहिँ भाइरसको लोडमा भर पर्छ। भाइरसको लोड कति छ भनेर जाँच्न गरिने पीसीआर परीक्षणबाट पनि थाहा हुन्छ। शरीरमा भाइरसको लोड थाहा पाउन एकदमै आवश्यक छ।

कसैको रिपोर्ट पोजिटिभ आयो भन्नु पनि अपुरो कुरा हो। त्यसमा पनि भाइरसको लोड कति छ, त्यो थाहा पाउनुपर्छ।
त्यसलाई सिपी भ्यालु भनिन्छ। त्यो थाहा पाइयो भने त्यो मानिस कति सिकिस्त हुनसक्छ भनेर अनुमान गर्न सकिन्छ।

दमको विरामी

जसको फोक्सो पहिलै नै खराब अवस्थामा छ र जसले रोग प्रतिरोधी क्षमता कम गराउने औषधि खाइरहेका छन्, उनीहरुलाई कोभिडले सिकिस्त बनाउने संभावना उच्च हुन्छ।

मुटु
मुटुको रोग ब्लड प्रेसरसँग जोडिन्छ। प्रेसरमा गडबड हुनु राम्रो होइन।

त्यसको सम्बन्ध शरीरका महत्वपूर्ण अङ्गसँग हुन्छ। जस्तै आँखा, ब्रेन र मुख्य मेरुदण्ड। ब्लड प्रेसरमा समस्या छ वा हाइपरटेन्सन छ र हर्ट फेलियरको विरामी छ भने कोभिड भाइरसले छिटो असर गर्छ।

किनभने मुटुले पहिल्यैदेखि चोट थेगिरहेको हुन्छ र थप समस्या झेल्सक्ने क्षमता कम भइसकेको हुन्छ।

एउटा चोटले कमजोर भएको अवस्थामा कोभिडले अलिकति मात्रै पनि मुटुमा छोयो भने रिकभर गर्न सक्तैन।

त्यस्तै, पहिलेदेखि मिर्गौलाको अवस्था सामान्य छैन र डायलासिस गराइरहेको छ भने, त्यसमा थोरै मात्रै पनि कोभिडले छोइदियो भने त्यसलाई थेग्नसक्ने अवस्था रहदैन। त्यसले गर्दा जटिल अवस्थाका विरामीहरु सिकिस्त हुने मृत्यु समेत हुनसक्छ।

फोक्सो
क्षयरोग, चुरोट सेवन, एलर्जी जस्ता कारण फोक्सो कमजोर भएको हुन्छ। त्यस्तो मान्छेको फोक्सोले शतप्रतिशत काम गर्न सक्तैन।

पचासदेखि ७५ प्रतिशत मात्र काम गर्छ भन्ने छ। यस्ता विरामीको फोक्सोमा कोभिड पुगेपछि चोट बढ्ने संभावना बढी हुन्छ। अनि गम्भीर विरामी बनाउँछ। तर, यसमा बच्चाहरु बढी सिकिस्त हुँदैनन भनिन्छ। किनभने उनीहरुको फोक्सो स्वस्थ्य हुन्छ र सामान्य अवस्थामा पूर्णरुपमा काम गर्छ।

क्यान्सर
क्यान्सर विरामीलाई किमो दिइराखिएको हुनाले रोगसँग लड्ने क्षमता कम भइसकेको हुन्छ। किमो थेरापी लिइरहेको विरामीको शरिरले कोरोना भाइरस थेग्न सक्तैनन्। अनि त्यस्ता मानिसको अंगले काम नगर्ने ९अग्र्यान फेलियर० अवस्था आउँछ र मृत्यु हुने संभावना उच्च हुन्छ।

मधुमेह
मधुमेहका विरामीको पनि रोगसँग लड्ने प्रतिरोधी क्षमता कमजोर भइरहेको हुन्छ।

मधुमेहका विरामीको सुगर उच्च भएपछि त्यसले आँखा, मुटु, मिर्गौलामा असर गरिरहेको हुन्छ। त्यस्ता विरामीलाई कोभिडले ड्यामेज ९क्षति० गर्ने खतरा उच्च हुन्छ।

उच्च जोखिममा रहेकाले ख्याल गर्नुपर्ने कुरा
रोग सर्ने मुख्यतः संक्रमित व्यक्तिसँगको सम्पर्कबाट हो। त्यसैले दीर्घरोगीहरुले भीडमा जाँदा नाक र मुख राम्रोसँग छोपिने गरी मास्क लगाउनुपर्छ।

यदि कोही सम्पर्कमै जानुपर्यो भने दूरी कायम राखेर र लामो समय एउटै व्यक्तिसँग कुरा गर्नु भएन। १५ मिनेटभन्दा बढी नजिकमा कुरा गर्नु भएन। त्योभन्दा बढी बिताउनेहरुसँग संक्रमण सर्ने खतरा बढी देखिएको अध्ययनले देखाएको छ।

हाम्रोमा एउटै कोठामा लामो समयसँग कुरा गरेर बस्ने बानी छ।

झ्याल, ढोका खुल्ला नभएको, भेन्टिलेसन ९हावा जाने ठाउँ० नभएको कोठामा, कक्षा कोठामा, बैठक स्थलमा रेस्टुरेन्ट आदिमा लामो समय बस्ने, खाने गर्नु भएन।

आफ्नो घरबाहेक ठाउँहरुमा पनि भेन्टिलेसन नभएको कोठामा मास्क लगाउनै पर्छ। यसो गरियो भने ६० देखि ७५ प्रतिशतसम्म संक्रमणका घट्ना कम हुने अध्ययनहरुले देखाएका छन्।

तनाव लिएर आत्तिनु भएन। कोभिड संक्रमण भएको व्यक्तिमा मानसिक तनावले झन् असर गरेको देखिएको छ।

हाम्रो समाजमा पहिलेदेखि चलिआएको योगा गर्ने, ध्यान गर्ने, मनशान्ति राख्ने गर्दा धेरै राम्रो हुन्छ। जतिधेरै तनाव लियो त्यति धेरै यो भाइरसले असर गर्छ भने मनोबल उच्च हुँदा भाइरस कमजोर हुँदै जान्छ।

१३ भदौ २०७७, शनिवार ०७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु