अंडमानको एक टापुमा रहने दुर्लभ जनजातिसम्म पुग्यो कोरोना

भारतको अंडमान द्वीप समुहको एक टापुमा रहने दुर्लभ जनजातीका केहि सदस्यलाई कोरोना संक्रमण भएको छ ।

बिबिसीका अनुसार ग्रेट अंडमानिज जनजातिका चार सदस्यलाई कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जनालाई केयर सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ ।

ग्रेट अंडमानिज जनजातीका अब केवल ५३ जना मात्र बाँकी रहेको बताईन्छ भने उनीहरु अंडमान निकोबार द्वीप समुहका ३७ द्वीप् मध्ये एकका निवासीहरु हुन् ।

त्यस्तै अंडमान निकोबार द्वीप समुहको पूर्वी हिस्सामा भने अहिलेसम्म २९८५ जनामा कोरोना पुष्टि भएको छ । जसमा ४१ जनाको ज्यान गएको छ । यँहा सबैभन्दा पहिला जुनमा कोरोना पुष्टि भएको थियो ।

१३ भदौ २०७७, शनिवार ०६:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु