केही समयपछि नै कोरोना खोप र औषधि आउँछ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले समग्र जनसङ्ख्याको सानो हिस्सालाई मात्र संक्रमण देखिने भएकाले कोभिडसंग डराउनु नहुने बताएका छन् ।

‘अब बिस्तारै न्यू नर्मल हुन्छ यो बेला हामीलाई सधै भाइरसको डर भइरहन्छ तर डरमा बाँच्नु पर्दैन्’ स्वास्थ्यमन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै उनले भने, ‘बाहिर हावाबाट भाइरस फैलिने भन्ने होइन, तपाई कुनै कोठमा जानु भयो र त्यहाँको मानिससँग बोल्दा मास्क लगाउनु भएन भने त्यहाँ कोही संक्रमित रहेछन भने उनीहरुको मुखबाट निस्किएको छिटाले सर्न सक्छ ।’

कोभिड १९ भाइरस लामो समय सम्म रहने समेत उनले बताए ।

त्यसैले भाइरससँग बाँच्न सिक्नुपर्ने उनको जोड छ ।

केही समयपछि मानिसले रोग विरुद्दध प्रतिरक्षा प्रणाली विकास हुने र खोप समेत आउने भएकाले अहिलेको केही समय भाइरससँग नडराई सहअस्तित्वमा रहेर बाँच्नुपर्ने उनको जोड छ ।

भान्देलारले भने, ‘भाइरस कहिलेसम्म जान्छ भनेर भविष्यवाणी गर्न नसकेपनि अबको केही समयपछि मास्कको महत्व घट्दै जान्छ किनकी, खोप र औषधि त्यतिञ्जेल आइसक्छ ।’

धेरै वटा देशले औषधि र खोपको निर्माण अन्तिम चरणमा पुर्याएको समेत उनले बताए।

सन् २०२० को अन्त्यतिर या सन् २०२१ को सुरुतिर १० मध्ये एउटा खोप बजारमा आइपुग्ने उनले दाबी गरे ।

‘अहिले धेरै कम्पनीको खोपको सुरक्षा, त्यसको विश्वसनीयता र गुणस्तरीयताको अध्ययन चलिरहेको छ, त्यो खोप कति लामो समयसम्म चल्छ भनेर अध्यन भइरहेको छ’ उनले भने, ‘अबको केही समयमा खोप उत्पादनको लागि तयार हुन्छ ।’

सन् २०२० को अन्तिमसम्म करिब २ अर्ब डोज खोप उत्पादन हुने उनले बताए ।

खोप उत्पादन भएपछि सुरुमा स्वास्थ्यकर्मी, त्यसपछि स्वास्थ्य जोखिम भएका मानिसहरुले दिने उनले बताए ।

भान्देलारले भने, ‘गरिब देशले पनि सहुलियतमा खोप पाउन भनेर हामीले काम गरिहरेका छौं, हामी यो सुनिश्चित गर्छौ कि धनी देशले झैं गरिब देशले पनि खोप सहुलियतमा पाउँछन् ।’

१० भदौ २०७७, बुधवार २२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु