एकाबिहानै चितवनमा थप ४४ जनामा कोरोना पुष्टि
चितवनमा ४४ जना कोरोना संक्रमित थपिएका छन ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गएराति अबेर आएको परीक्षण रिपोर्टका अनुसार चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमण पुुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका रहेका छन्। महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जना संक्रमण पुष्टि भएको छ। पुरुषहरु ५ वर्षदेखि ४६ वर्षसम्मका रहेका छन् ।
त्यस्तै महिलाहरु ८ वर्ष देखि ५४ वर्ष सम्मका रहेका छन् । उनीहरु भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडाका हुन्। भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु रत्ननगर–१, ६ र १३ नम्बर वडाका हुन् ।
पुरानो मेडिकल कलेज र रत्ननगर क्वारेन्टिनबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । त्यस्तै खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरि पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाले जनाएको छ ।
१० भदौ २०७७, बुधवार ०७:१४ बजे प्रकाशित